+
Search

ताजा अपडेट +

पपुलर +

टी २० विश्वकप : आयरल्याण्डले हरायो इंग्ल्याण्डलाई

Nanu Bhatta
२०७९ कार्तिक ९, बुधबार

काठमाडौँ । अस्ट्रेलियामा जारी आठौं संस्करणको आइसिसी टी–२० विश्वकपमा इंग्ल्याण्डविरुद्ध आयरल्याण्ड ५ रनले विजयी भएको छ । ऊ डकवर्थ लुइस पद्धतिको आधारमा विजयी भएको हो । १४.३ ओभरको अवस्थामा वर्षा बाधक बनेपछि आयरल्याण्डलाई विजेता घोषणा गरियो ।

आयरल्याण्डले टी–२० विश्वकपमा पहिलोपटक इंग्ल्याण्डलाई हराएको हो । बुधबार भएको पहिलो खेलमा आयरल्याण्डले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १४.३ ओभरमा ५ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।

उसका लागि डेविड मलानले ३५, मोइन अलीले अविजित २४ र ह्यारी ब्रुकले १८ रन जोडे । कप्तान जोश बटलर ९००, एलेक्स हेल्स ९७० र बेन स्टोक्स ९६० ले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

प्रतिक्रिया

लेखकको बारेमा