+
Search

ताजा अपडेट +

पपुलर +

कालिकोटमा बम विस्फोट : २ बालिकाको मृत्यु, तीन गम्भीर घाइते

Nanu Bhatta
२०७९ कार्तिक १२, शनिबार

काठमाडौं ।  कालिकोटमा बम विस्फोट हुँदा २ जना बालिकाको मृत्यु भएको छ। शनिबार बिहान करिब ८ बजे कालिकोटको तिलागुफा नगरपालिका-१० रानावाडास्थित कोदोबारीमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयश्वर रिमालले जानकारी दिए।

उनका अनुसार बम विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ। तिलागुफा नगरपालिका-१० बस्ने ४ वर्षीया झरना थापा र सोही ठाउँकी ४ वर्षीया सरस्वती रानाको मृत्यु भएको रिमालले बताए। उनका अनुसार झरनाको थापाको घटनास्थलमै मृत्यु भएको हो। यता सरस्वतीको भने सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा ११:४०मा मृत्यु भएको डिएसपी रिमालले बताए। घटनामा तीन जना गम्भीर घाइते समेत छन्।

प्रतिक्रिया

लेखकको बारेमा