+
Search

ताजा अपडेट +

पपुलर +

काँग्रेसको प्रतिबद्दता : विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हटाउने तथा सातवटै प्रदेशमा चिकित्सा शिक्षण अस्पतालको स्थापना गर्ने

Nanu Bhatta
२०७९ कार्तिक १२, शनिबार

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था हटाउने जनाएको छ। आफ्नो नेतृत्वको सरकार गठन भए प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था हटाउन तथा विश्वविद्यालयहरूलाई स्वायत्त प्राज्ञिक सस्थाका रुपमा स्थापित गर्ने आवश्यक कानुनी व्यवस्था गरिने जनाएको हो।

घोषणापत्रमा १५–२४ वर्ष उमेर समूहका महिलाको साक्षरता दर ९२ प्रतिशत रहेकोमा यसलाई ९५ प्रतिशत पुर्‍याइने उल्लेख छ। घोषणापत्रमा भनिएको छ विद्यालयमा हाल २८ प्रतिशत इन्टरनेट सेवा पुगेकोमा आगामी ५ वर्षमा ८० प्रतिशत विद्यालयमा यस्तो सेवा पुर्‍याइ प्रविधियुक्त सिकाइलाई महत्व दिइने छ।

कक्षा ११ मा भर्ना हुने दर कम्तिमा ५० प्रतिशत पुर्‍याइने छ भने माध्यामिक तहको परीक्षा प्रणालीलाई एकीकृत गरिने छ। शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै संघीय शिक्षा ऐनमा उचित व्यवस्था गरिने छ। सातवटै प्रदेशमा चिकित्सा शास्त्र संकायका विभिन्न विधाको पढाइ हुने गरी शिक्षण अस्पतालको स्थापना गरिने छ।’

प्रतिक्रिया

लेखकको बारेमा