+
Search

ताजा अपडेट +

पपुलर +

भारती र हर्षविरुद्धको लागुऔषध मुद्दाले लियो नयाँ मोड

Nanu Bhatta
२०७९ कार्तिक १२, शनिबार

काठमाडौँ । भारतीय हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियाविरुद्धको लागुऔषध मुद्दाले नयाँ मोड लिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार एनसीबीले भारती र हर्षविरुद्ध लागुऔषध मुद्दामा २ सय पृष्ठको आरोपपत्र दर्ता गरेको छ ।

स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु पछि, एनसीबीले थुप्रै कलाकारहरूलाई निगरानीमा राखेको थियो । सन् २०२० मा यस अनुसन्धानका क्रममा धेरै कलाकारहरूको नाम पनि खुलासा भएको थियो । जसमा कमेडियन भारती र हर्षको नाम पनि समावेश थियो ।

प्रतिक्रिया

लेखकको बारेमा