काठमाडौँ । रूपन्देहीको ४ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रमोद यादवका छोरा निखिलले चलाएको गाडीको ठक्करबाट बुटवलमा शनिवार ६ जना घाइते भएका छन् ।
नेपाली कांग्रेसबाट उम्मेदवार बनेका यादवका छोरा निखिलले विद्युतीय बा ०१–०२ ६६२९० नम्बरको कार ‘ब्याक’ गर्दा बुटवलमा ६ जना घाइते भएका छन् ।
कारको ठक्करबाट तानसेन नगरपालिका–४ का कुदल श्रेष्ठ, बुटवल उपमहानगरपालिका–८ का विपिन श्रेष्ठ, देवदह नगरपालिका–१० का जीवन मल्ल, बुटवल उपमहानगरपालिका–७ का सुरज पाण्डे, बुटवल–१२ का दीपक पुन र बुटवल–१३ का मनोज थापा घाइते भएका छन् ।
प्रतिक्रिया