चिसोको प्रभाव न्यून वर्गलाई

मौसम परिवर्तन भए सँगै चिसो बड्ने क्रम चलिरहेको छ । चिसोका कारण हिमाल, पहाड तथा तराईका विभिन्न क्षेत्रका नागरिकहरुको दैनिकी प्रभावीत भएको छ । तराईका विभिन्न जिल्लाहरुमा हुस्सु लाग्न थालेको छ भने पहाडी जिल्लाहरुमा अत्याधिक मात्रामा चिसो बढिरहेको छ । हुने खाने भन्दा हुदा खानेलाई बढि चिसोको समस्या हुन्छ । चिसोको समस्याले सबैभन्दा बालबालिकाहरु तथा वृद्ध-वृद्धाहरु बढि प्रभावित हुने गर्दछन् ।

धेरै नेपाली नागरिकहरु अझै गरिबिको रेखामुनी अल्झिएका छन् । चिसो थाम्ने एकसरो लुगा पनि जोड्न सक्ने अवस्थामा छैनन् । जसले दैनिकी ज्याला, मजदुरी गरेर चलाई रहेका छन् । उनिहरुको चिसो काट्ने एउटै विकल्प भनेको घाम र आगो बन्दै आएको पाईन्छ ।

सडकमा बसिरहेका मज्दुर, बालबालिका तथा आर्थिक अवस्था कमजोर भएका मानिहरु न्यानो लुगा बाट बन्चित हुने गर्छन । नत बस्ने बास छ नत खाने गास नै । यो समयमा उनिहरुलाई सरकारको सहयोग आवश्यकता पर्दछ । विभिन्न विद्यालयहरुमा बस्ने उचित किसिमका कक्षाकोठा नहुँदा विद्यार्थीहरुले चिसो खेप्नु परेको छ । तराईका केहि बजार क्षेत्रका ठाँउमा (चोक चोकमा) दाउरा वितरण गर्ने गरिएको भएता पनि खासै प्रभावकारी भने हुन सकेको छैन ।

पहाडी भेगमा पर्ने बाजुरा, हुम्ला, जुम्ला जस्ता जिल्लाहरुमा यसको बढि असर परेको देखिन्छ । सामान्य निमोनिया हुदापनि उपचार गर्ने अस्पताल छैनन् । त्यहाँका नागरिक गास, बास र कपासको जोहो गरेर दैनिकी चलाई रहेका छन । नत शिक्षित नत दिक्षित नै । परिवारलाई एक–एक जोर तत्ता कपडा जुगार गर्नकै लागी बर्षेनी भारतका विभिन्न ठाँउहरु धाइरहेका छन् ।

चिसो बाट बच्नका लागी हिटर र आगो ताप्ने, उमालेर पानी पिउने र आफुलाई शारीरिक रुपमा सक्रिय बनाई राख्नुपर्छ । प्रायः चिसो समयमा तातो पानिले नुहाउने चलन छ । यसो गर्दा शरीरलाई असर नपर्ने गरी नरम पानि बनाएर नुहाउँदा शरीरलाई फाइदा हुन्छ । चिसो समयमा प्रोटीनयुक्त खानेकुरा र पानि पिउनुपर्छ । यसले गर्दा शरीरलाई फूर्तिलो हुने गर्दछ । घरमा भएका अशक्त, बालबालिका तथा वृद्ध-वृद्धाहरुको हेरचाह परिवारका अन्य सदस्यहरुले गर्नु पर्ने हुन्छ ।

मौसमविदले भने अनुसार मौसम दुइै प्ररकारले चिसो हुने गर्दछ । एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर । अहिले चिसो हुनुको मुख्य कारण न्युनतम तापक्रम घटेर हो । रात लामो हुने, सूर्यको प्रकाश पनि कडा नहुने भएकाले चिसो लगातार बढिरहेको छ ।

इपिडिमियोलाजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चिसो बाट प्रभावित भएर बिरामि भएका ३०० जनामा एक जनाको मृत्यु हुने गर्दछ । कुपोषण भएका बालबालिका तथा वृद्धा÷वृद्धिहरु चिसोले कठ्याङग्रिएर अथवा रुघाखोकी लागेर, निमोनिया भएर प्रायःजसो मृत्य हुने गरेको देखिन्छ ।

एकजोर कपडा पनि जोड्न नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवार र चिसोको समस्या भोगिरहेका विद्यार्थीहरु समक्ष सरकारले समयमै निगरानी पु¥याओस् । सरकाले यसका लागी समयमै राहतका प्याकेज ल्याउनु पर्छ । नत्र सरकारको कुनै अर्थ रहने छैन । अब सरकार जनताका लागी ‘आकाशको फल आँखातरी मर’ भन्ने आहान जस्तै नबनोस् । यो समस्यालाई न्यूनिकरण तथा समाधान गर्न स्थानीय सरकार तथा संघिय सरकार समयमै तत्पर हुनुपर्छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्