
योजना विहीन सरकार नबनाउ
देशमा शासन प्रणली बदलियो । १०४ वर्ष शासन गरेको राणा शासन अन्त्य भयो । बहुदलको स्थापन र त्यसपछि पुनर्बहाली भयो । २०४ वर्ष शासन गरेको राजतन्त्र पनि अन्त्य भयो । १० वर्ष सम्म निरन्तर चलेको माओवादी जनआन्दोलन संगै गणतन्त्र र लोकतन्त्रको उदयो भयो । पटक पटक बन्न खोजेको संविधान पनि यसै दशक भित्र सम्पन्न भयो ।
विभिन्न जात जाति वर्ग, लिङ्ग, तथा विभिन्न भुभाग अर्थात सम्पुर्ण नेपाली जनताले समान हक अधिकार पाए । केही संविधनका पानामा सिमित रहे त केही कार्यन्वयन भैसकेका छन् । समय परिवर्तन भए संगै राणा र राजाले शासन गरेको देशमा नेपाली जनता नै सर्वेसर्वा भएका छौँ । पछिल्लो समय हेर्दा समाज रुपान्तरण भए संगै विभिन्न कुराहरुमा आमूल परिवर्तन भएको छ । लोकतन्त्रको उदय र स्थानीय तहको सुरुवातीले शिक्षा, स्वास्थ तथा खानेपानी जस्ता नागरिकका आधारभूत आवश्यकता न्यूनिकण भएपनि यि समस्याहरुको अन्त्य भने हुन सकेको छैन ।
विभिन्न जिल्लाहरुका विभिन्न ठाँउहरु अझै अन्धकारमय छन । विद्युतका नाममा दाउरा काटेर झरो बालेर रात काटिरहेका छन भन्ने कुरा सरकारलाई हेक्का होला । गतिलो विद्यालय छैन । अझै सामान्य उपचार गर्न जिल्ला छाड्नु पर्छ । स्वच्छ खानेपानी पिउन पाएका छैनन् । ठेकदारलाई जिम्मा दिएको सडकको त के कुरा गरौँ । सधै भोकमरकीको चेपाटामा परिरहेका छन् । विहान खाए बेलुका के खाँउ भन्ने गरिब जनताका दुःख उस्ताका उस्तै छन् ।
राजनीतिक स्थिरता, सुशासन, भ्रष्ट्रचार मुक्त नेतृत्व नेपाली नागरिकको चाहना र देशको आवश्यकता हो । नेतृत्वको आँडमा रहेकाहरुले राज्य संयन्त्रलाई कमाई खाने भाँडो बनाईरहेका छन । पदमा रहेकाहरुले आफू रहेको कुर्चि मात्र जोगाउने काम बाट जनअपेक्षा र जनविश्वास जित्न नसक्ने प्रष्ट देखिन्छ । एक जना कुलमान घिसिङले जब नेपाल विद्युत प्राधिकरणको नेतृत्व सम्हाल्ने अवसर पाए तब व्यवस्थापन प्रणालीमा लुकेर बसेका त्रृटी र कमजोरीहरु हटाउन सफल भए । उनको त्यो प्रयासले सारा नेपाली जनताले लोडसेडिङको मार खेप्नु परेन । यस्तै जनविश्वास काम सबै निकायका नेतृत्व तह बाट भयो भने नेपाल समृद्धको ढोकामा पुग्न समय लाग्ने थिएन । आम नेपालीको चाहना पनि यही हो ।
नेपालमा विकासका प्रयासहरु सफल नहुनुका पछाडी राजनीतिक कारण मात्र बनेको छ । तर त्यो भन्दा ठुलो कुरा त नेतृत्व तहलाई समृद्ध नेपाल सुखि नेपाली चाहिएको होईन । यदि चाहिन्थ्यो भने त आफ्नो ज्ञान, सीप र क्षमता प्रर्दशन गर्न सक्ने र ठोस निर्णय दिन सक्ने मान्छे छान्थे की ? अतः देशमा सुहाउदो बिषय वस्तुले छलफल, निर्णय र कार्यन्वयनले स्थान पाउथ्यो की ?
नेपालको अर्थतन्त्र उकासिए पो नेपाली जनताको जिवनस्तर उकासिन्छ । नेपालको प्रतिव्यक्ति आन्दानि बढ्न सकबेको छैन । अझै एक हजारको आसपासमा खम्ची रहेको छ । ज्ञान, सीप, योजना र क्षमता भएका नेपालीले नेपालमा बस्ने वातावरण नपाएर देश छाड्नु परेको छ । दिनौँ दिन विदेशमा जाने नेपाली युवाको संख्या बढ्दो क्रममा छ । यसका लागी स्थिर सरकार भएर मात्र हुनैन, जब क्षमतावान टिम बन्न सक्दैन ।
नेपाल र नेपाली जनतालाई अब, योजना विहिन सरकार चाहिएको छैन । जनमत बाट पनि प्रष्ट देखिन्छ । नेपाल ब्राजिल पछिको जलस्रोतको धनि देश भएपनि नेपाली जनताले उही झरो र टुक्कीको भरमा रात काट्नु परेको छ । गतिलो स्वास्थ्य चौकी नहुदा अकालमै ज्यान गुमाउनु परेको छ । कहिले सम्म विदेशमा बसेर परिवार पाल्ने ? के हाम्रो देशमा रोजगारीका अवसर ल्याउन सकिदैन ? जनताको यही प्रश्न उठ्छ ।
अतः अबको सरकार क्षमतावान हुनुपर्छ । आफ्नै स्वार्थमा रुमलिने होईन, देश रुपान्तरण गर्ने चाहिएको छ । त्यसैले योजना भएको र देशलाई बदल्न सक्ने खुबी भएकोले देशको नेतृत्व सम्हाल्न पाउनु पर्छ । अब, कुर्चि छोप्ने मात्र होईन सही दिशामा देश हाक्ने नेतृत्व सरकारमा पुग्नु पर्छ । नत्र कुवाको भ्यागुतो कुवामै रहने छ ।
