
सिङ्गल ट्रि हिल्समा चैत २५ बाट स्काई ग्लास स्विङ ब्रिज सन्चालनमा
काठमाडौं । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बन्दै आएको सिङ्गल ट्रि हिल्सले स्काई ग्लास स्विङ ब्रिज (सिसाको घुम्ने पुल) सन्चालनमा ल्याउने भएको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका वडा नं ३ मा बनेको स्काई ग्लास स्विङ ब्रिज यही चैत्र २५ गतेबाट सन्चालनमा आउनेको भएको हो। सिङ्गल ट्रि हिल्स प्रालिले टिकटक पारखीहरुका लागि लक्षित गरेर नेपालमै पहिलो पटक स्काई ग्लास स्विङ ब्रिज निर्माण गरेको कम्पनीका संचालक सोम श्रेष्ठले जानकारी दिए।
उक्त ब्रिजबाट काठमाडौँ सहरलाई आफ्नो अगाडि राखेर नक्सामा हेरे जसरी छर्लङ्ग देख्न सकिन्छ। तल हेरेर डर र आन्नद दुबै एकैसाथ लिन सक्ने गरि ब्रिज बनेको छ। एकैपटकमा १५ जना सम्मले स्काई ग्लास स्विङ ब्रिजको मज्जा लिन सक्ने श्रेष्ठले जानकारी दिए।
पुल ४२ फिट लामो र ७ फिट चौडा छ। ‘हामीले सिसाको घुम्ने पुल नेपालको लागि पहिलो पुल बनाएका हौं’ श्रेष्ठले भने, ‘अहिलेको युवाहरुको आकर्षण टिकटकमा भएका कारण यसले युवायुवतीलाई आकर्षित गर्ने विश्वास लिएका छौं।’ स्काई ग्लास स्विङ ब्रिजमा टिकटक बनाउन, बर्थडे सेलिब्रेट, फोटो भिडियो खिच्न सक्नेछन्। अहिले निर्माण भएको स्काई ग्लास स्विङ ब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविष्यमा थप केहि नयाँ गर्ने कम्पनीका निर्देशक कमल श्रेष्ठले बताए।
ब्रिज नेपालमै पहिलो पटक विद्युतबाट चल्ने स्विङ ब्रिज हो। काठमाडौं लगायत अन्य थुप्रै जिल्लाबाट आन्तरिक तथा बाह्य पर्यटकहरु समेत आउने गरेका श्रेष्ठले बताए । सन्चालनमा आउन लागेको स्काई ग्लास स्विङ ब्रिजका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ शुल्क तोकिएको छ ।
https://www.tiktok.com/@skyglassswingbridge2