
सामाजिक अभियान्ता सृजन अधिकारीले दिए झापा २ बाट उम्मेद्बारी
काठमाडौँ । जब कुनै जिल्लामा केही समस्या आइलाग्छ तब सृजन अधिकारीलाई सायद कमैले सुन्लान। बिगत ७ बर्ष लामो समय देखि अमेरिका बसी नेपाल फर्किएका सामाजिक अभियन्ता सृजन अधिकारीले यति बेला राष्ट्रिय स्वतन्त्र पार्टी बाट झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेद्बारी दिएका छन। युवाले यो देशको नेतृत्व गरोस भन्ने अहिले आम जनताले कुरा उठाएका छ्न। क्षेत्रीय प्रतिनिधिको लागि उमेद्वारी दिएका छन ।
अहिले देशमा देखिएको राजनीतिक अस्थिरता भएकै कारण युवाहरु समेत राजनीति क्षेत्रमा आएका छ्न। यसैगरी बैकल्पिक राजनीतिको वकालत गर्ने अधिकारीले यस अघि २०७९ साल बैशाख ३० को स्थानीय तहको निर्वाचनमा काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई निर्वाचित गराउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए। अमेरिका बसेर पनि कयौं नेपालीको मन मुटुमा बस्न सफल अधिकारीले दुखी पीडितको घाउमा मलम लगाउन समेत सफल भएका छ्न।
गत श्रावण महिना भन्दा अगाडी राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना हुनु पुर्व रबि लामिछानेको हरेक किसिमको अभियानमा एक सक्रिय भुमिका निर्वाह गर्न सफल भएका अधिकारीले बितेका ७ बर्ष अगाडी देखि नै एउटा महत्त्वपूर्ण सहयोगमा टेवा पुर्याउन मद्दत गरेका थिए।