पदम बहादुर साँउद
मानव सभ्यतालाई सुसंस्कुत बनाउने एक प्रमुख संयन्त्र शिक्षा जसको कुनै उदगम स्थल त हुँदैन तर एक आदिम समाज सगं उसको उतपत्ती संगै जोडिएको भने हुन्छ । त्यो संस्कुतीमा विस्तार बदलीदै गरेका मानवीय आवश्यकताकाहरुको परिर्पुतीका निम्ती आधुनीकीकरण हुँदै विस्तारै अर्काे संस्कुती जुन अली कम विकसीत छ त्यसलाई कमजोर वा तुच्छ देखाउने थुप्रा आधारहरु सिर्जना गरि दासत्व जमाउने जुन प्रवुती मौलायो यसले गर्दा वर्तमान समयमा शिक्षा प्रणली उपनिवेशको खाडलमा डुब्दै गयो ।
शिक्षा मानव जिवनलाई उन्नतीको उज्यालो तर्फ लग्ने एक साध्य हो जसको साधनको रुपमा यसका ज्ञाताहरु रहन्छन जसले त्यसको निरन्तर सामाजिकीकरण गर्ने कामलाइ निरन्तरता दिइरहेका हुन्छन । मानवको अस्तीत्व सामाजिक वस्तुहरुमा नै समाहित हुन्छ ती सामाजिक वस्तुहरु मानव अस्तीत्वको उत्पत्ती देखी नै थिए हाल आएर आवश्यकता अनुरुप आधुनीक प्रारुप सहित परिर्माजीत मात्रै भएका हुन तर विषय संस्कुती या सभ्यता परिर्माजित हुनुको हैन उल्लेखित विषयवस्तुमा आएको परिर्वनले शिक्षा प्रणली कसरी दुषीत भयो भन्ने प्रश्न हो ?
हामी सगं आफनो मौलिक सभ्यता, संस्कुती थियो, छ जसका कारण हामी नेपाली हौ भनेर विश्व सामु गौरवानवीत महसुस र्गछौ तर विडम्वना आज कतीपय व्यक्ती आफनै मौलिक सभ्यतालाई लत्याएर परसंस्कुती ग्रहणमा लागीपरेका छन, जसले हाम्रो संस्कुती सिध्याउने निश्चीत छ । हामी सगं प्राचिन कालखण्डदेखी चली आएको शिक्षा प्रणाली छ जुन समयसापेक्ष परिमार्जन हुनु आवश्यक छ जुन निरन्तर भैरहेको छ तर उपद्रो भने काहा निर भैरहेको छ भने शिक्षा प्रणली परिर्माजनको नाममा विदेशी संस्कुती सभ्यतालाई समेटेर हामी माथी लादिदै छ ।
जुन कुनैपनी आधारमा उपयुक्त भने हैन । आज नेपाली शिक्षाको आकासमा घना बादल लागेको छ जसले नेपाली मुल्य मान्यता विपरितको संस्कुतीलाई अगाल्न बाध्य बनाएको छ ।
“परम्परागत शिक्षा प्रणालीलाई परिर्माजित गर्ने नाममा पर संस्कृतीलाई अवलम्बन गरि हाम्रो मौलिक शिक्षालाई सिध्याउने प्रयास हुँदैछ”
जसको उपचार अब कुनै चम्कीलो सुर्यले मात्र सम्भव छैन । मानव विश्वमा जानिएका जिवित प्राणीहरुमध्ये सर्वश्रेष्ठ प्राणी तर मानवलाई सर्वश्रेष्ठ बनाउने एक प्रमुख संयन्त्र जसले मानवलाइ मानविय मुल्य मान्यताको ज्ञात गराँउछ त्यो शिक्षा नै । व्यक्तीको बौद्धिक, शाररिक, सामाजिक, आर्थिक, सांस्कुतीक, नैतिक र भौतिक आदी प्रतेक विषयवस्तुको र्संवांगीण विकास गराउने प्रक्रिया शिक्षा हो । अर्थात के बुझन सकिन्छ भने वर्तमान समयमा शिक्षा बिना यो संसार अन्धकारमय छ त्यसकारण त नेल्सन मण्डेलाको भनाई याद आउँछ की शिक्ष सबैभन्दा शक्तीसाली हतियार जसको प्रयोगले विश्व परिवर्तन गर्न सकिन्छ ।
शिक्षाको महिमा बयाँ गरेर त सकिदैन शिक्षाको महत्व र आवश्यकता सर्वत्र छ । मानिसले होस समाले देखिन जिवन यापन गर्नका निम्ती ज्ञानलाई औपचारिक या अनौपचारिक तरिकाले ग्रहणगरिराखेको हुन्छ । तर प्रशंग के हो भने देखिन वर्तमान समयको विज्ञ हो । सर्वज्ञ बन्ने होडबाजीका कारण आफनो मौलिकतालाई लत्तयाएर परसंस्कुतीले कहेअनुरुप मान्ने वा त्यो नै सभ्यहो त्यो मात्र अन्तीम सत्य हो भन्ने जुन भ्रमको जालो आम नेपालीजनमानसमा भरिएको छ त्यसकाकारण हामी भौतीकरुपमा उपनिवेश नभएपनी मानसीक रुपमा उपनिवेशको नसाले ग्रसित हुँदै छौँ ।
जसका कारण आम नेपाली समाज आफनो अमुल्य संस्कुतीलाई लत्याएर परसंस्कुती ग्रहण गर्ने होडबाजीमा छ । जसले हाम्रा मौलिकतालाइ त समाप्त पार्दै छ साथमा विदेशी ज्ञानको भ्रमपुणयर्थाता एवमा हाम्रो वास्तवीक सत्य जान्ने बाट बिस्तारै हामिलौ बन्चीत गर्दै छ । शिक्षा आर्जन गर्नु गलत हैन तर त्यो शिक्षाको के मुल्य जसले हामीलाई हाम्रा अमुल्य संस्कुतीलाई गलत, असभ्य एवम लाचार भनेर पढायो । मेरो मान्यता विदेशी संस्कुती सिको गर्नु पर्देन भन्ने होइन बल्की मेरो मान्यता के हो भने जसले हाम्रो समाजलाई फाइदा हुन्छ अर्थात जुन संस्कृती सिकेर देशको सेवा गर्न सकिन्छ त्यस्ता संस्ककृतीको सिको गर्नु नितान्त आवश्यक छ । तर संस्कृती ग्रहणको नाम भएका सुसंस्कृत जिवनोेपयोगी संस्कृतीलाई पश्मिाहरुले गलत भने भन्देैमा तिनलाई गलतनैहो भनेर निस्र्कश निकाल्नु अनुचित हुन जान्छ ।
कतीपय विषयवस्तु होलान जसले समाजमा नकारात्मक प्रभाव पारेका होलान तर यसको अर्थ यो हैनकी ती त्यस्ता संस्कृतीहरुलाई पनी ग्रहण गर्नु पर्छ बल्की वर्तमान समयको शिक्षित पिढीले त के गर्ने हो हामा्र सम्पुर्ण संस्कृतीहरुलाई केलाएर नकरात्मक पक्षहरुलाई हटाउदै र सकरात्मक पक्षहरुलाई अवलम्वन गर्दै तिनलाई जोगाउदै अगाडी बढनुपर्ने आवश्यकता देखिन्छ । नकी पशिचामाहरुले पढाएअनुरुप भारतमा हिन्दु धर्म र संस्कृती छ । त्यो धर्म र संस्कृती असभ्य, अमानवीय, अभद्र, अन्धविश्वासी छ अनि त्यो कमजोरिलाई दबाउने घिनलागदो धर्मओ भनी आमनागरिक को दिमाग जुन गोबर भरियो । त्यस हिन्दु धर्म संस्कृतीलाई समाप्त गर्नु मानवअधिकार हो, लोकतन्त्र हो । धर्मनिरपेक्षता हो र सभ्यता हो भनी जुन कुरा सिकाइयो यि यस्तै ज्ञानका कारण आज हाम्रो संस्कृती लोप हुने कगारोमा उभिएको छ । यदी हाम्रो संस्कृती नै लोप भइहाल्यो भने हाम्रो शैक्षिक प्रणली त स्वतह नै उपनिवेशमा जाने परिस्थती सिर्जना भयो ।
“परसंस्कृती ग्रहणले हामी भौतिक रुपमा उपनिवेश नभएपनि मानसिक रुपमा भने उपनिवेश भएका छौँ ”
शिक्षा त मानव समाजलाई सभ्य बनाउनकालागी, व्यक्तीलाई समाजमा सामाजीकीकरण गर्नका लागी सिकाइने एक पवित्र संयन्त्र हो तर पश्चिीमी मुलुकहरुले के गरे भने आफना विद्धानहरुलाई सर्वज्ञ ज्ञाताहुन भनेर घोषण गर्नेका निम्ती तिनका भएका कमीकमजोरीहरुलाई लुकाएर पुर्विय सभ्यतामा भएका आधारभुतकुराहरुको सिको गरि आज हामीसगँ भएको शिक्षा, सभ्यता पनि हामिले तिनिहरुबाट सिक्नु पर्ने स्थीति सिर्जना गरेको स्थिीती छ ।
वर्तमान समयमा राजनितीक विचारको रुपमा स्थापित भएको समाजबादी विचार जसलाई नेपालका ठुलामध्येका हरेक राजनितीक पार्टीले अवल्म्बन गरेको छ जसमा कोही कार्ल माक्र्स देखी परभावित भएका, छन कोही लेनिन देखी प्रभावित भएका छन त कोही माओ देखी परभावित भएका छन तर गहन रुपमा अध्यन गर्नेहो भने यो सिद्धान्त नेपालमै स्थिापित भएको पाइन्छ । मल्लकालमा पाटनका राजा नरिन्द्र मल्ललाई समाजवादी राजाको रुपमा लिइएको पाइन्छ कारण राजा जनताको सेवामा सर्मपित हुन्थे, जनाताले भोजन ग्रहण गरेपछी मात्रै खाना खान्थे रे जनताको मुत्युमा शोक मनाउथे कुलोको व्यवस्थापन राजदरबारदेखी गरिन्थो भनेपछी कुनै समय नेपालमै स्थापित भैइसकेको विचारलाई आज पश्चिमाहरुले प्रतिपादन गरेको विचार भनेर ग्रहण गर्न कोही पनि हिचकिचाइरहेको अवस्था छैन कारण हाम्रो शिक्षा प्रणलीमा यस विषयलाई पश्चिमाहरुले नै निर्माण गरेको भनेर पढाइयो जसले गर्दा आज विश्वास गर्ने अवस्था नै सिर्जना नै भइरहेको छैन ।
यसबाट के देख्न सकिन्छ भने हाम्रै सभ्यताबाट सिकेर परिर्माजित गरि आज आएर पश्चिामाहरुले यो हामीले उत्पन्न गरेको नविन विचार हो भनेर नडराइकन भनिरहँदा हामीले हाम्रै सभ्यतालाई हाम्रो हो भन्न नस्कनुलाई उपनिवेश सोच,उपनिवेश मनस्थीती नभनेर के भन्नु आज सिंगो पुविर्य सभ्यता भौतिक उपनिवेशमा नरहेपनि मानसिक सांस्कृतीक उपनिवेशमा भने अवस्यरहेको छ जसको निराकरण आफनो मौलिक सभ्यतालाई संरक्षण गरि त्यसलाई र्पर्वदन गर्नसके मात्र हुन्छ । हामी कति सम्मको शैक्षिक उपनिवेशमा परेका छौ भन्ने कुरा त के विषयबाट पनि पुस्टी हुन्छ भने नेपालको पहिलो लिखित कानुनी दस्तावेज अर्थात शैक्षिक दस्तावेज जयस्थीती मल्लले लेखाएको मानव न्यायशास्त्र हो हो जुन वेलायत निर्मित म्यग्नाकार्टा भन्दा करिब १५ वर्ष जेठो मानिन्छ तर हामीलाई के पढाइन्छ भने विश्वको पहिलो कानुनी दस्तावेज म्यग्नाकार्टा भनेर पढने पर्नु पर्ने स्थीती छ ।
अर्थात यसबाट के पुस्टी हुन्छ भने हामी सगँ भएको इतीहासलाई पनि अगाल्न नदिने स्थती सिर्जना पश्चिमी सभ्यताले गरेको छ । तसर्थ सर्वप्थम आफनो सभ्यतालाई बुझन आवश्यक आफनो सभ्यतालाई बुझेर यसका सकरात्क पक्षको सिको एवम संरक्षण र नकरात्मक पक्षको विस्थापन गर्नु अती आवश्यक छ । हामी सगँ भएका अमुल्य सांस्कृतीक विषयवस्तुको संरक्षण गर्न सक्यौ भने मात्र हाम्रो शिक्षा प्रणलीमा उपनिवेशवादको अन्त्य हुन्छ । जसकालागी सरकारले पनी नेपाली भुमी सुहाउदो विषयवस्तु निर्माण र्गनु आवश्यक छ तब मात्र हामी हाम्रो देशलाई बुझछौ । हाम्रो संस्कृती, सभ्यतालाई विश्वले चिन्छ ।
प्रतिक्रिया