काठमाडौं । आन्ध्र प्रदेशको विशाखापट्टनमबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ एक भक्तले मन्दिरको दान पेटीमा १०० करोडको चेक राखेका छन् ।
जब मन्दिर व्यवस्थापनले चेक साटेर नगद बनाउन बैंकमा पुग्यो, उनीहरू छक्क परे। किनकी त्यो चेक सम्बन्धित खातामा १७ रुपैयाँ मात्र मौज्दात थियो । अहिले यो चेकको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा मानिसहरूले चेक घुसाउने व्यक्तिको बारेमा विभिन्न तरिकामा कुरा गरिरहेका छन्।
https://youtu.be/lIaRqnZSeDw
प्रतिक्रिया