
रातमा बसेको प्रेम….
आज फेरि त्यस्तै अनुभव हुँदैछ !
खै किन ? यो बिरानो रात पनि आफ्नै लाग्दैछ,
हृदयको आकाश उघ्रिँदै छ,
सपनाहरूले परिचय दिइरहेका छन् ,
तस्बिर बोलिरहेको छ
कलम नाचिरहेको छ ,
समय एकोहोरिहेको छ,
पहाडले खोलालाई,
जूनले बादललाई,
फूलले बतासलाई,
माटोले ढुङ्गालाई,
हेरिरहेको छ ,
कोकिलले पिरतिको भाका हालिरहेको छ,
के सोचिरहेको होला सूर्यले यस बखतमा ?
जूनले घामलाई,
रातले दिनलाई,
जिस्काइरहेको छ ।
लाग्दैछ हृदयको सागर फुटेर
यो पृथ्वीनै ढाकिदिन्छ ,
अनि यो संसार डुब्ने छ प्रेममा ।।
भिज्नेछन् ढुङ्गाका हृदयहरू,
बग्नेछन् माटोका नमीठा यादहरू,
हराउनेछ यो रातको कालोपना,
अनि आउने छ एउटा नयाँ युग
अटूट प्रेमको ।
