+
Search

ताजा अपडेट +

पपुलर +

काठफोर्ड कलेजले शुरु गर्यो बीबीए प्लस र बीबीएम प्लस, नेपालमै पहिलो पटक पढाई हुने

सजिलोपाना
२०८० भाद्र २७, बुधबार

काठमाडौं । काठफोर्ड इन्टरनेसनल कलेजले नेपालमा पहिलोपल्ट बीबीए प्लस र बीबीएम प्लस कार्यक्रम सञ्चालन गर्ने भएको छ । ललितपुर जिल्लामा रहेको काठफोर्ड कलेजले मंगलबार हिमालय होटलमा एक समारोह आयोजना गर्दै उक्त दुई कार्यक्रमको उद्घाटन गरेको हो ।

कार्यक्रमको मूख्य उद्देश्य त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका डिनबाट औपचारिक रुपमा बीबीए प्लस र बीबीएम प्लस कार्यक्रम उद्घाटन गराउनु थियो । जहाँ व्यवस्थापन संकायका डिन, प्रोफेसर डाक्टर डिल्ली राज शर्मा, त्रिभुवन विश्वविद्यालय कार्यकारी समिति सदस्य प्रोफेसर डाक्टर महानन्द चालिसे, ई सेवाका सीईओ जगदीश खड्का, नेपाल बैंकका सहायक सीईओ मनोज ज्ञवाली, प्राज्ञिक र औद्योगीक क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।  उपस्थित व्यक्तिहरुले सम्बोधनमा विद्यमान डिजिटल व्यवसायिक क्षेत्रका लागी विद्यार्थीहरुलाई तयार पार्न बीबीए प्लस र बीबीएम प्लसको भूमिका निर्णायक रहने जोड दिएका थिए । त्यस्तै, उनीहरुले प्रविधिमूखी विश्वमा सफल हुन आवश्यक शीप र ज्ञानबाट विद्यार्थीहरुलाई यी विषयहरुले कसरी सामर्थता प्रदान गर्नेमा जोड दिए ।

उद्घाटनको क्रममा काठफोर्ड कलेजका व्यवस्थापन विभागका विभागीय प्रमुख रोशन थापाले बीबीए प्लस र पाठ्यक्रम र यसले समाविष्ट गरेका आधुनिक विषयहरु जस्तै तथ्याङ्क विश्लेषण, क्लाउड प्रविधि, डिजिटल मार्केटिङ, वित्तिय विश्लेषण र परियोजना व्यवस्थापनका बारेमा जानकारी गराइएको थियो । उक्त प्रस्तुती मार्फत यी विषयहरुले विश्व श्रम बजारको परिवर्तनशील माग अनुसार विद्यार्थीलाई कसरी तयार पारी उनीहरुलाई आधुनिक श्रम बजारमा सजिलै रोजगार पाउन सक्ने गतिशील मानवश्रोत बनाउन भूमिका खेल्ने मनोज ज्ञवाली र जगदीश खड्काले बताए । उनीहरुले व्यवसायिक क्षेत्रको बदलिँदो आयामको बारेमा व्याख्या गर्दै बीबीए प्लस र बीबीएम प्लस विषयहरुले कसरी बदलिँदो माग अनुरुप नयाँ मानवश्रोतलाई तयार पार्न मद्धत गर्छ भन्ने जानकारी दिए ।

त्यस्तै, प्रोफेसर डाक्टर महानन्द चालीसेले कसरी बीबीए प्लस र बीबीएम प्लस कार्यक्रमले प्राज्ञिक र औद्योगीक क्षेत्रको दूरी कम गर्न सहयोग गर्छ भन्ने धारणा राखे । समारोहको समापन गर्दै त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायको डिन प्राध्यापक डाक्टर डिल्ली राज शर्माले व्यवसायिक क्षेत्रमा व्यवस्थापन शिक्षाको महत्वमाथी प्रकाश पारे ।

त्यस्तै, काठफोर्ड कलेजका अध्यक्ष सुमन कटवालले संस्थाको तर्फबाट विद्यार्थीहरुलाई परिवर्तनशील व्यवसायीक र प्राविधिक क्षत्रमा सफल हुन आवश्यक समय सापेक्ष शिक्षा प्रदान गरिने प्रतिवद्धता गरे । बीबीए प्लस र बीबीएम प्लस काठफोर्ड कलेजमा एउटा परिचय मात्र नभएर यसले व्यवसायिक शिक्षामा एउटा नयाँ अध्यायको शुरुवात गरेको छ । यी कार्यक्रमहरुले परम्परागत व्यवसायिक सिद्धान्तलाई डिजिटल सीपसँग निर्वाधरुपमा आवद्ध गराएका छन् जसले स्नातक उत्तीर्ण मानवश्रोतलाई प्रविधिमय विश्व बजार क्षेत्रमा सफल हुन सक्ने अवस्थाको निर्माण गरिदिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा