सुन तस्करीको छानबिन गर्न आयोग गठन प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अवैध सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अघि बढिसकेको जनाएका छन् ।  शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आयोग गठनको प्रक्रिया अघि बढिसकेको सदनमार्फत जानकारी गराएका हुन् ।  उनले आफ्नो आसन्न न्युर्योक र चीन भ्रमणबारे जानकारी दिँदै अवैध सुन तस्करीको सम्बन्धमा सीआइबीले अनुसन्धान टुंगाई प्रतिवेदन बुझाइसकेकाले सहमति अनुसार नै आयोग गठन प्रक्रिया अघि बढेको बताएका हुन् ।

‘यस अघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेकोसमेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।  त्यसैगरी प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेता महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीररुपमा लिएको बताएका छन् । उनले यादवमाथि आक्रमण गर्नेलाई कारबाही प्रक्रिया अघि बढेको पनि जनाए । ‘आक्रमणकारीलाई प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराउँदछु । यस प्रकारका आक्रमणका घटना हुन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार प्रतिबद्ध छ’, प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्