एसिया कप : भारतले टस जित्यो, पाँच खेलाडी परिवर्तन

काठमाडौं । एसिया कप अन्तर्गत सुपर फोरको अन्तिम खेलमा भारतले टस जितेको छ। श्रीलंकाको आर प्रेमादाशा क्रिकेट स्टेडियममा सुपर फोरको अन्तिम खेलमा बंगलादेशविरुद्ध टस जितेर भारतले बलिङ रोजेको छ।

भारतले आफ्नो टोलीमा पाँच परिवर्तन गरेको छ। तिलक वर्माले एकदिवसीय क्रिकेटमा डेब्यु गरेका छन्। विराट कोहली, जसप्रित बुमराह, मोहम्मद सिराज, कुलदीप यादव र हार्दिक पाण्ड्यालाई आराम दिइएको छ टोलीमा सूर्यकुमार यादव, मोहम्मद शामी, शार्दुल ठाकुर र प्रसिद्ध कृष्ण परेका छन्।

बंगलादेशी टोलीबाट पनि तान्जिब शकिबले डेब्यु गरेका छन्। भारत यो खेलअघि नै फाइनल पुगिसकेको छ भने बंगलादेशले यो खेल जिते पनि फाइनल नपुग्ने भएपछि दुवै टोलीका लागि यो खेल प्रतिष्ठाका लागि मात्र हुनेछ।

भारतले यसअघि श्रीलंकालाई हराएर फाइनलमा प्रवेश गरेको हो भने श्रीलंकाले पाकिस्तानलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो। फाइनल खेल आइतबार यहि मैदानमा हुनेछ। फाइनल खेलका लागि रिजर्भ डेको समेत व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्