
हिमालयन बैंकद्वारा भद्रकाली पेट्रोल स्टेशनमा डिजिटल भुक्तानी काउन्टर सञ्चालन
काठमाडौं । हिमालयन बैंक लिमिटेडले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वाारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशनमा २०८० साल भाद्र २७ गते बुधबारको दिनदेखि डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।
बंैक र सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशन बिच भएको सम्झौता अनुसार पेट्रोल स्टेशनमा आउने ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै उक्त काउन्टर संचालनमा ल्याइएको बैंकले जनाएको छ ।
रिपुमर्दिनी पेट्रोल स्टेशनमा स्थापना गरिएको सो काउन्टरमा ग्राहकहरुले विभिन्न बैंकको मोबाइल बैंकिङ्ग एपमा रहेको Nepal pay तथा सबै बैंकबाट जारी भएको एटिएम कार्ड मार्फत POS मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन् ।
भुक्तानी प्राप्त भए पश्चात् नै भ्वाइस मेसिन तथा एसएमएस मार्फत क्रेता तथा बिक्रेताले भुक्तानी सम्बन्धी जानकारी प्राप्त गर्दछन् ।
बैंकका नायव प्रमुख कार्यकारी उज्वल राजभण्डारी तथा सैनिक कल्याणकारी कोषकोतर्फबाट कोषका सहायक रथि किरण केसीले एक समारोह बीच बैंक र कोषका अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थितिमा उक्त डिजिटल भुक्तानी काउन्टरको संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
