‘जवान’को कमाइ दोस्रो साताको अन्त्यमा ८ सय करोड नाघ्यो (भिडियो)
सुपरस्टार शाहरुख खानले यो वर्ष सिनेप्रेमीहरुलाई निरन्तर खुशी दिइरहेका छन् । वर्षको सुरुमा उनले बलिउडको सबैभन्दा ठूलो फिल्म ‘पठान’ दिएका थिए ।
अब शाहरुख आफ्नो नयाँ फिल्म ‘जवान’ सँगै ‘पठान’लाई पछाडि छोड्न तयार छन् । सेप्टेम्बरको पहिलो साता रिलिज भएको उनको फिल्मले लगातार राम्रो कमाई गरिरहेको छ ।