+
Search

ताजा अपडेट +

पपुलर +

लघुकथा – `सम्मान´

सजिलोपाना
२०८० आश्विन १, सोमबार

दुर्गा घिमिरे

दश बजे अफिस पुगेर हाकिम साहेबको कोठाबाट हाजिर गरेर फर्कँदै गर्दा बाटैमा हाकिमसँग मेरो जम्काभेट भएको थियो।

हरि सर !,”नेपाली साहित्यको अवस्था अाजभाेलि के कस्तोछ ?”मैले उत्तर फर्काउँदै,”के हुनु सर लेखकभन्दा पाठक कम भए अचेल त ,पढ्ने मानिस नै पाइँदैन भनेँ ।”मलाई सान्त्वना दिँदै ” भो पीर नगर्नुहोस् ,एक दिन त पालो आइ हाल्छ नि सर “यो अफिसको मानिसले आज यतिका समय पश्चात नेपाली साहित्यका बारेमा चासो देखाएको देख्दा मनमा हर्षको सीमा रहेन, दशौँ वर्ष यही अफिसबाट कलम चलाउँदा सुन्नेकान नलगाउने रत्नमान सरले एकाएक साहित्यको बारेमा बाेल्दा अब केही हुन्छ कि जस्तो लाग्थ्यो । “के सरले पनि केही लेख्ने सुरमा हुनु हुन्छ र ? मैले प्रश्न थपेँ “हैन त्यस्तो केही छैन ,तै पनि तपाईंहरूको फेसबुक स्टाटस भरी त्यस्तै साहित्यिक खुराक पढ्न पाइन्छ नि त !”सरसँगको एक छिनको वार्तालाप पछि म आफ्नै कार्यकक्षमा व्यस्त बनेँ ।

दिनको १२ बजेको थियो कार्यलय सहयोगी आएर,”सर ! हजुरलाई रत्नसरले बाेलाउनु भएको छ जानुस् रे भन्याे ।” म त्यसै अनुसार रत्नसरको अफिसमा पुगेँ ।” सर हजुरले किन बाेलाउनु भएको ?”

प्रदेस सरकारले हाम्रो अफिसलाई कला साहित्यको उत्थानको लागि बजेट छुट्‌याएको छ । “मैले हाकिमको कुरा नसक्दै”कस्तो राम्रो कुरो हगि सर ,यति लामो समयदेखि नेपाली साहित्यका क्षेत्रमा कलम चलाइयो बल्ल हाम्रो सुनुवाई भएछ !”मेरो कुराले रत्नमान अलि अकमकिए ।

प्रसङ्ग मोड्दै “तपाईंलाई हाम्राे अफिसका आरती,दीपा र महेश्वर सर र मेडमहरु कस्तो लाग्छ ? उहाँहरूले पनि लेख्नु हुन्छ क्यारे !”

मैले थपेँ ,”मैले यस अफिसको लागि उहाँलाई सहकर्मीहरू र नेपाली साहित्यको लागि कलम चलाउने लेखकहरूको रूपमा चिनेको यति हो ! “हरिसर ! मुख्य मन्त्रीको प्रमुख आतिथ्यतामा हामीले यस अफिसबाट आरती म्यामलाई नेपाली साहित्यमा योगदान पुर्‍याएवापत सम्मान गर्न खोज्दै छौँ, प्रदेश मन्त्रीको आदेश पनि छ सर । वरिष्ठताको आधारमा त हजुर हो, पत्रिका र युटूवरहरूले निहुँ खोज्दछन् हजुरले मलाई सहयोग गर्नुपयो । “मुख्य मन्त्रीसँग हजुरको नाम सिफारिस गरेको थिएँ तर हजुरले पोहोरको चुनावमा मुख्यमन्त्रीले भनेको टेर्नु भएन रे । उहाँको पाटीमा प्रवेश गराए र कला साहित्यकारको जमात आफ्नो पक्षमा देखाउने मन थियो रे तर हजुर खुबै आदर्शवान बन्नु भो रे सर, मैले केही गर्न सकिन ।

आरती म्यामहरु त्यो समुहमा हुनुहुन्थ्यो रे।”हाकिमको यति धेरै कुरा सुने पछि यति मात्र भनेँ, “सर धन्यवाद !”सबैकुरामा हजुरको मर्जी । मन अनेकौं कुरामा रुमलिन थाल्यो अनि बोल्दै नबोली हाकिमको कोठाबाट बाहिर निस्किएँ ।

(लेखक घिमिरे न्यु क्यापिटल कलेज र क्वेष्ट मोडल कलेज रत्ननगरका शिक्षक  हुन।)

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा