
टाटा कमर्सियल गाडीहरूका लागि शुभकामना सर्भिस क्याम्प
काठमाडौँ । नेपालीहरूको महान चाडपर्व नजिकिँदै गर्दा यातायातका साधनहरूको प्रयोग पनि अन्य समयभन्दा उच्च रहने गर्छ । सवारी साधनहरूको कन्डिसन सही भएमात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्रा पनि गर्न सकिन्छ ।
त्यसैले सुरक्षित यात्राको कामनासहित चाडबाडको बेला ढुक्कसँग आफ्नो व्यवसाय संचालन गर्न सहयोग मिलोस भन्ने उद्देश्यले सम्पूर्ण टाटा कमर्सियल गाडीहरूको लागि सिप्रदीले असोजको १४ गतेदेखि कार्तिक ३ गतेसम्मका लागि शुभकामना सर्भिस क्याम्पको आयोजना गरेको छ ।
उक्त क्याम्प सिप्रदीका २६ वटा सर्भिस सेन्टर र ७ वटा आधिकारिक सर्भिस सेन्टरहरूमा एकै साथ संचालन भइरहेको कम्पनीले जनाएको छ ।