काठमाडौं। हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । बैंक र हिमाल रेमिटबीच विश्वका जुनसुकै देशबाट हिमाल रेमिटमार्फत आएको वैदेशिक रेमिट्यान्स राष्ट्रिय वाणिज्य वैंकबाट भुक्तानी हुने सम्झौता भएको हो ।
सम्झौतामा बैंकका विभागीय प्रमुख ऋषिराम ढकाल र रेमिटका प्रिन्सिपल एजेन्ट सिएफएस रेमिट प्रालिका प्रमुख कार्यकारी अधिकृत बबी शर्माले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौतासँगै राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका दुई सय ८४ वटै शाखाबाट हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी हुने बैंकले जनाएको छ ।सम्झौताले बैंकका ग्राहक तथा अन्य वैदेशिक रेमिट्यान्स प्राप्त गर्ने ग्राहकलाई नेपालमा रेमिट्यान्स प्राप्त गर्न सहज हुने बैंकले अपेक्षा गरेको छ ।
हाल बैंकले देशका ७७ वटै जिल्लाका सदरमुकामसहित देशभर दुई सय ८४ शाखा, दुई सय ६९ एटिएम, ९९ शाखारहित बैंकिङ सेवा, तथा ६५ एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।
प्रतिक्रिया