Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

गाजा अस्पतालमा हवाई आक्रमण हुँदा कम्तीमा ५०० जनाको मृत्यु

सजिलोपाना संबाददाता
२०८० कार्तिक १, बुधबार

गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा कम्तीमा ५०० जना प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।

मङ्गलवार राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन् ।

अहिले त्यहाँको अवस्था दर्दनाक रहेको र मानवीय सहायतको पर्खाइमा रहेको बताएको छ ।

 घटनाको जिम्मा कसैले लिएको छैन यद्यपि इजरायली पक्षबाट हवार्इ आक्रमण भएको सञ्चारमाध्यममा जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता