
काठमाडौंदेखि ढोरपाटन सिकार आरक्षसम्म ६ दिने बुलेट राईड हुने (भिडियो)
काठमाडौँ । नेपालको आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ बुलेट सर्भिस सेन्टर, बालाजुका सञ्चालक सञ्जय बुढाथोकी (महापुरूष) ले हरेक वर्ष नेपालका कम्तिमा पनि ३ वटा पर्यटकीय क्षेत्रको बुलेट राईड आयोजना गर्दै आएको छ ।
यस भन्दा अघिल्लो पटक भारतको सिक्किम ग्यान्टोक लगेको थियो । सोही राईडको निरन्तरता स्वरूप दशैंबिदाको सदुपयोग गर्दै यस वर्ष पनि मिति २०८० कात्तिक १० गतेदेखि १५ गतेसम्म ४५ वटा बुलेट बाईकहरू समावेश गरी काठमाडौंदेखि ढोरपाटन सिकार आरक्षसम्मको ६ दिने राईड सञ्चालन गर्न लागेको छ ।
पहिलो दिन काठमाडौदेखि पोखरा, दोस्रो दिन पोखरादेखि ढोरपाटन, तेस्रो दिन ढोरपाटन क्षेत्रको अवलोकन, चौथो दिन ढोरपाटनदेखि पोखरा, पाचौं दिन पोखरामा रिफ्रेसमेन्ट र छैठौं दिन पोखरादेखि काठमाडौ आई उक्त कार्यक्रम समाप्त हुनेछ ।