रियलमीको दसैँ फोटो कन्टेस्ट जारी, पुरस्कार जित्न के गर्ने ?

काठमाडौँ सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरूको महानचाड विजयादशमीको अवसरमा दशैँ फोटो कन्टेस्टको सुरुवात गरेको छ । फोटो कन्टेस्टमा सहभागी हुनेले आकर्षक पुरस्कार जित्ने मौका प्राप्त गर्नेछन् ।

दसैँ फोटो कन्टेस्टमा सहभागी हुनका लागि सहभागीहरूले आफ्नो परिवारसँग दसैँ मनाउँदै गरेको तस्वीर खिचेर रियलमीको फेसबुक पेटको कमेन्ट बक्समा सेयर गर्नुपर्नेछ । यस्तै, रियलमीको फेसबुक र इन्स्टाग्राम पेजलाई लाइक र फलो पनि गर्नुपर्नेछ ।

सबैभन्दा धेरै कमेन्ट तथा लाइक प्राप्त गर्ने फोटोलाई भाग्यशाली विजेता घोषणा गरिनेछ । कार्तिक २ गतेबाट सुरु भएको दसैँ कन्टेस्टमा कार्तिक १३ गतेसम्म सहभागी हुन सकिनेछ । 

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्