नेपालीले दुई महिनामा घुमेर सके १२ अर्ब २७ करोड

काठमाडौं । सरकारी आम्दानीको स्रोत खुम्चिरहेको बेलामा सरकारी कर्मचारी र नेपाली जनताले  विदेश घुमेर दुई महिनामै १२ अर्ब २७ करोड रुपैयाँ सकेका छन । चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा भ्रमण शीर्षकमा मात्रै १२ अर्ब २७ करोड रुपैयाँ नेपालीले राष्ट्र बैंकबाट बाहिरिएको छ । यो रकम गत वर्षको सोहि अवधिकोभन्दा करिब ४ अर्बबढी हो । गत वर्षको साउन र भदौमा सात अर्ब चार करोड रुपैयाँ विदेशिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

साथै यसमा सरकारी कर्मचारीको भ्रमण खर्च पनि समावेश छ । विदेश घुम्न र पढ्न जानेहरु बढेसँगै राज्यको सेवा खाता २५ अर्ब ३४ करोडले घाटामा छ । दुई महिनामै विदेश पढ्न जानेबाट २३ अर्ब ३३ करोड रुपैयाँ बाहिरिएको छ ।

विदेशी मुद्रा आम्दानीको हममा गत वर्षको तुलनामा यसपटक पर्यटक आगमन र आम्दानी पनि केही बढेको छ । गत वर्षको तुलनामा पर्यटन आय तीन अर्ब बढेको हो । गत वर्षको साउन र भदौमा ६ अर्ब ७ करोड रुपैयाँ देखिएको आम्दानी यो वर्ष सोही अवधिमा नौ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

यता, आन्तरिक पर्यटनको क्षेत्रमा भने अहिलेसम्मकै खराब व्यापार भइरहेको छ । नेपाल होटल संघका पुर्वअध्यक्ष तथा मचान वाइल्ड लाइफका सञ्चालक प्रकाश श्रेष्ठ बताउँछन् । उनले भने, ‘पर्यटन व्यवसायको सिजन भनेको सेप्टेम्बर अक्टोबर हो तर, यो बेलामा उपत्यकाभन्दा बाहिरका होटलहरुमा सुनसान छ । उपत्यकाका होटलहरुमा यस वर्ष राम्रै व्यापार भइरहेको भन्ने सुनेको छु ।’

आन्तरिक पर्यटनमा राज्यले लगानी नगरेका कारण नेपालीहरु पनि विदेशमा गुम्न जान थालेको श्रेष्ठ बताउँछन् । काठमाडौंबाट पोखरा जाने समयमा सिंगापुर पुगिने भएकाले धेरै नेपालीहरुले आफ्नो विदा विदेशमा विताउन थालेको उनको तर्क रहेको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्