
इरानले दियो यस्तो चेतावनी, इजरायली सेना गाजा पट्टीमा प्रवेश गरेमा उनीहरुलाई त्यही गाड्ने (भिडियो)
एजेन्सी । इजरायल र हमासबीच युद्ध जारी छ। हमासले अक्टोबर ७ मा इजरायलमा कडा आक्रमण गरेको थियो । निर्दोष इजरायली नागरिकको हत्या पछि, उनीहरूले धेरै मानिसहरूलाई बन्धक बनाएका थिए।
यो घटनापछि इजरायलले गाजा पट्टीमा भिषण हमला गर्दै आइरहेको छ । हमासका धेरै ठाउँहरु ध्वस्त भएका छन् । यो कारबाही निरन्तर जारी छ ।
यसैबीच, बिहीबार केही घन्टासम्म इजरायली सैनिक र ट्याङ्कहरू गाजा सीमामा प्रवेश गरी विनाश मच्चाएर फर्किएका थिए ।