मेट लाइफले घोषणा गर्यो नयाँ बोनसदर

काठमाडौं । आर्थिक वर्ष २०७८ /७९ को लागि १७ वटा कम्पनीले नयाँ बोनसदर घोषणा गरेका छन् । हरेक वर्ष कम्पनीको एक्चुरियल भ्यालुएसन पछि घोषणा गरेको बोनश दरले सोहि वर्षमा बीमितले भुक्तानी गरेको प्रिमियमका आधारमा बोनश पाउँछन् । कम्पनीहरुको आर्थिक वर्ष २०७८/२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङकन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट पारित भएसँगै कम्पनीहरुले जारी गरेका विभिन्न किसिमका बीमा योजनाहरुमा नयाँ र अन्तरिम बोनशका रुपमा नयाँ बोनश दर लागू हुनेछ ।

मेट लाइफले न्यूनतम ४५ देखि अधिकतम ८० रुपैयाँसम्मको बोनश दर घोषणा गरेको छ । सावधिक जीवन बीमा कम्पनीले सावधिक जीवन बीमा पोलिसीमा १५ वर्ष अवधिसम्मका लागि ६० रुपैयाँ, १६ वर्षदेखि २० वर्ष अवधिकाले ७० रुपैयाँ र २१ वर्ष भन्दा बढि अवधिको लागि ८० रुपैयाँ बोनश  दिनेछ ।

शिक्षा संरक्षण योजनामा १५ वर्षको लागि ६० रुपैयाँ, १६ वर्षदेखि २० वर्षका लागि ७० रुपैयाँ र २१ वर्ष भन्दा बढिको लागि ८० रुपैयाँ बोनश दर कायम गरेको छ । अग्रिम भुक्तानी योजनामा १५ वर्षको लागि ४५ रुपैयाँ, १६ वर्षदेखि २० वर्षको लागि ५५ रुपैयाँ र २१ वर्ष भन्दा बढि अवधिको लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

मेट लाइफमा सबैभन्दा धेरै सावधिक जीवन बीमा पोलिसी तर्फ १६ देखि २० वर्ष अवधिका पोलिसी बिक्री भएको पाइएको छ । यस अवधिको पोलिसी संख्या ४ हजार ७६१ वटा छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्