आइएमई लाइफले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले कति पाउँछन् ?

काठमाडौं । आइएमइ लाइफले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ । सावधिक तथा सामुहिक जीवन बीमालेखमा ९ वर्ष अवधि, १० देखि १४ वर्षको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ३८ रुपैयाँ,२० देखि २४ वर्षको लागि ५० रुपैयाँ,२५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँ र यसै पोलिसीको ३० वा सो भन्दा बढिको लागि ७० रुपैयाँ बोनश दर निर्धारण गरेकाे छ ।

सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा कम्पनीले ९ वर्षसम्म र १० देखि १४ वर्ष अवधिसम्मको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षको लागि ५० रुपैयाँ, २५ देखि २९ वर्षसम्मको लागि ६३ रुपैयाँ र ३० वर्ष वा सो वर्षभन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनश दर छ । अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले १० देखि १४ वर्षको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षको लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँसम्म बोनश दर छ ।

वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख (बाल किरण) मा कम्पनीले १० देखि १४ वर्षको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षको लागि ४४ रुपैयाँ र २५ देखि २९ वर्षको लागि ६० रुपैयाँ बोनश दर छ । त्यस्तै, कम्पनीको वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) को सबै अवधिमा बोनश दर २० रुपैयाँ छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्