+
Search

ताजा अपडेट +

पपुलर +

एशियन लाइफले कायम गर्यो नयाँ बोनसदर, बीमितले कति पाउँछन् ?

सजिलोपाना संबाददाता
२०८० कार्तिक १०, शुक्रबार

काठमाडौं । आर्थिक वर्ष २०७८ /७९ को लागि १७ वटा कम्पनीले नयाँ बोनसदर घोषणा गरेका छन् । हरेक वर्ष कम्पनीको एक्चुरियल भ्यालुएसन पछि घोषणा गरेको बोनश दरले सोहि वर्षमा बीमितले भुक्तानी गरेको प्रिमियमका आधारमा बोनश पाउँछन् । कम्पनीहरुको आर्थिक वर्ष २०७८/२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङकन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट पारित भएसँगै कम्पनीहरुले जारी गरेका विभिन्न किसिमका बीमा योजनाहरुमा नयाँ र अन्तरिम बोनशका रुपमा नयाँ बोनश दर लागू हुनेछ ।

यस्तै एशियन लाइफले अधिकतम ७० रुपैयाँ र न्यूनतम ४२ रुपैयाँ बोनश दर कायम गरेको छ । कम्पनीको सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम ६१ रुपैयाँ र अधिकतम ७५ रुपैयाँ बोनश दर कायम गरेको छ । यस योजनामा २५ वा सो भन्दा माथिका बीमा अवधिमा ७५ रुपैयाँ बोनश दर पाइनेछ ।

सावधिक जीवन बीमा योजनामा कम्पनीले बीमा अवधिअनुसार न्यूनतम ४५ रुपैयाँ र अधिकतम ६० रुपैयाँ बोनश दर छ । कम्पनीले यस बीमा योजनामा २५ वा सो भन्दा माथिका बीमा अवधिका लागि ६० रुपैयाँ बोनश दर कायम गरेको छ । यस्तै, कम्पनीको बालबालिकाको सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार न्यनतम ४४ रुपैयाँ र अधिकतम ६० रुपैयाँ, नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ बीमा योजनामा न्यूनतम ४२ रुपैयाँ र अधिकतम ५० रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत बीमा अवधिअनुसार न्यूनतम ५० रुपैयाँ र अधिकतम ६० रुपैयाँ बोनश दर कायम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता