नेशनल लाइफले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले कति पाउँछन् ?

काठमाडौं । आर्थिक वर्ष २०७८ /७९ को लागि १७ वटा कम्पनीले नयाँ बोनसदर घोषणा गरेका छन् । हरेक वर्ष कम्पनीको एक्चुरियल भ्यालुएसन पछि घोषणा गरेको बोनश दरले सोहि वर्षमा बीमितले भुक्तानी गरेको प्रिमियमका आधारमा बोनश पाउँछन् । कम्पनीहरुको आर्थिक वर्ष २०७८/२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङकन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट पारित भएसँगै कम्पनीहरुले जारी गरेका विभिन्न किसिमका बीमा योजनाहरुमा नयाँ र अन्तरिम बोनशका रुपमा नयाँ बोनश दर लागू हुनेछ ।

केही जीवन बीमकले आर्थिक वर्ष २०७७ /७८ को बीमांकी मूल्यांकन पुरा गरेर बोनश दर घोषणा गर्न बाँकी नै रहँदा आइएमई लाइफ, मेट लाइफ, एशियन लाइफ, नेशनल लाइफ,सन नेपाल लाइफ,सिटिजन लाइफ, साविक प्राइम लाइफ, साबिक सूर्या लाइफ, साबिक ज्योति लाइफ इन्स्योरेन्स, साबिक यूनियन लाइफ र रिलायबल नेपाल लाइफ, साविक सानिमा लाइफ र एलआइसी नेपाल, साविक महालक्ष्मी लाइफ, साविक गुराँस लाइफ, साविक प्रभु लाइफ र साविक रिलायन्स लाइफले २०७८/७९ को बोनसदर सार्वजनिक गरि सकेका हुन् ।

नेशनल लाइफको सावधिक जीवन बीमा पोलिसीमा ९  वर्षदेखि १४ वर्ष अवधिका बीमितले ६४ रुपैयाँ, १५ वर्षदेखि २० वर्षका बीमितले पनि ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्षका बीमितले ७० रुपैयाँ र २६ वर्ष वा सो भन्दा माथिकाले ८५ रुपैयाँ प्राप्त गर्नेछन् । सावधिक तथा आजीवन बीमालेखमा २० वर्षको पोलिसी लिनेले ६४ रुपैयाँ, २१ देखि २५ वर्षले ७० रुपैयाँ र २६ वर्ष वा सो भन्दा माथि अवधिको पोलिसी खरिदकर्ताले ८५ रुपैयाँ बोनश पाउनेछन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा बीमितले न्युनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्मको बोनश प्राप्त गरेका छन् । नेशनल लाइफले बीमितहरुले १९ वर्ष अधिसम्मको बीमा पोलिसी खरिदकर्तालाई प्रतिहजार ६३ रुपैयाँ दिएको छ । २० वर्ष भन्दा माथि अवधिका पोलिसी खरिदकर्ताले प्रतिहजार ६४ रुपैयाँ बोनश दिएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्