
साविक ज्योति लाइफले घोषणा गर्यो नयाँ बोनसदर
काठमाडौं । साविक ज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेखमा ९ वर्ष सम्मको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४५ रुपैयाँ , १५ देखि १९ वर्षको लागि ५० रुपैयाँ, २० देखि २४ वर्षको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथिको अवधिका लागि ७५ रुपैयाँ बोनश दर कायम गरेको छ ।
सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ९ वर्ष सम्म अवधिको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक तथा आजीवन बीमालेखमा ७५ रुपैयाँ बोनश दर तोकेको छ ।
अग्रिम भुक्तानी बीमालेखमा कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि ४३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनश दर तोकेको छ । वार्षिक अग्रिम भुक्तानीमा कम्पनीले १० देखि १४ वर्षको लागि २० रुपैयाँ , १५ देखि १९ वर्षको लागि २५ रुपैयाँ, २० देखि २४ वर्षको लागि ३० रुपैयाँ बोनश दर कायम गरेको छ ।