
साविक यूनियन लाइफले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले कति पाउँछन् ?
काठमाडौं । आर्थिक वर्ष २०७८ /७९ को लागि १७ वटा कम्पनीले नयाँ बोनसदर घोषणा गरेका छन् । हरेक वर्ष कम्पनीको एक्चुरियल भ्यालुएसन पछि घोषणा गरेको बोनश दरले सोहि वर्षमा बीमितले भुक्तानी गरेको प्रिमियमका आधारमा बोनश पाउँछन् ।
कम्पनीहरुको आर्थिक वर्ष २०७८/२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङकन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट पारित भएसँगै कम्पनीहरुले जारी गरेका विभिन्न किसिमका बीमा योजनाहरुमा नयाँ र अन्तरिम बोनशका रुपमा नयाँ बोनश दर लागू हुनेछ ।
साविक यूनियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले न्युनतम प्रति हजार १९ रुपैयाँदेखि अधिकतम ७४ रुपैयाँसम्म बोनश दिने घोषणा गरेको छ । सावधिक तथा बालबच्चा सावाधिक जीवन बीमा योजनामा ९ वर्षको लागि ३० रुपैयाँ, १० देखि १४ वर्षको लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ३६ रुपैयाँ,२० देखि २४ वर्षको लागि ३९ रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि ७२ रुपैयाँ कायम भएको छ । सिमित भुक्तानी सावधिक जीवन बीमा योजना(एकल)मा कम्पनीले १० देखि १४ वर्षको लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षको लागि २९ रुपैयाँ, २० देखि २४ वर्षको लागि ३२ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ४२ रुपैयाँसम्म बोनश दर कायम गरेको छ ।
सिमित भुक्तानी सावधिक जीवन बीमा योजनामा कम्पनीले १० देखि १४ वर्षको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षको लागि ४० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि ७२ रुपैयाँ बोनश दर कायम गरेको छ । सावाधिक तथा आजीवन जीवन बीमा योजनामा ९ वर्षको लागि ४० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५० रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढीको लागि ७४ रुपैयाँ बोनश दर कायम गरेको छ ।
सिमित भुक्तानी सावाधिक तथा आजीवन जीवन बीमा योजनामा ९ वर्षको लागि ,१० वर्षदेखि १४ वर्षसम्म, १५ देखि १९ वर्ष अवधिको लागि, २० देखि २४ वर्ष अवधिको लागि र २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ५० रुपैयाँ बोनश दर कायम गरेको छ । वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनामा ९ वर्षको लागि १९ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको लागि २२ रुपैयाँ, १५ देखि १९ वर्षको लागि २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २७ रुपैयाँ बोनश दर कायम भएको छ ।
अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा १० वर्षदेखि १४ वर्षसम्मको लागि २४ रुपैयाँ, १५ देखि १९ वर्षको लागि २७ रुपैयाँ, २० देखि २४ वर्षको लागि ४१ रुपैयाँ बोनश दर कायम भएको छ । त्यस्तै, जीवन आधार जीवन बीमा योजना र जीवन सम्पन्न बीमा योजनामा कम्पनी सबै अवधिका योजनाहरुमा एउटै बोनसद कायम गरेको छ । यस दुई बीमा योजनामा कम्पनीका बीमितहरुले ५० रुपैयाँ बोनस पाउनेछन् । त्यस्तै, जीवन उत्थान जीवन बीमा योजनामा कम्पनीले सबै अवधिको लागि ४० रुपैयाँ बोनस निर्धारण गरेको छ भने जीवन आवरण जीवन बीमा योजनाको सबै अवधिमा कम्पनीले ४० रुपैयाँ बोनश दर निर्धारण गरेको छ ।