
रिलायबल नेपाल लाइफले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले कति पाउँछन् ?
काठमाडौं । आर्थिक वर्ष २०७८ /७९ को लागि १७ वटा कम्पनीले नयाँ बोनसदर घोषणा गरेका छन् । हरेक वर्ष कम्पनीको एक्चुरियल भ्यालुएसन पछि घोषणा गरेको बोनश दरले सोहि वर्षमा बीमितले भुक्तानी गरेको प्रिमियमका आधारमा बोनश पाउँछन् ।
कम्पनीहरुको आर्थिक वर्ष २०७८/२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङकन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट पारित भएसँगै कम्पनीहरुले जारी गरेका विभिन्न किसिमका बीमा योजनाहरुमा नयाँ र अन्तरिम बोनशका रुपमा नयाँ बोनश दर लागू हुनेछ ।
कम्पनीले न्युनतम २० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनश दिने घोषणा गरेको छ । रिलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्षको लागि ५० रुपैयाँ, १० देखि १४ वर्षको लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ६२ रुपैयाँ,२० वर्ष वा सोभन्दा माथिको लागि ७५ रुपैयाँ बोनश दर कायम छ ।
रिलायबल लघु सावधिक जीवन बीमा योजनामा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ कामय गरेको छ । बीमा सिमित लघु सावधिक जीवन बीमा योजनामा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनश दर कायम गरेको छ । रिलायबल सजिलो जीवन बीमा(एकल तथा सिमित अवधि भुक्तानी)मा कम्पनीको सबै बीमा अवधिहरुको लागि २५ रुपैयाँ बोनश दर कायम गरेको छ
रिलायबल सुलभ जीवन बीमालेख रिलायबल जीवन बीमा प्लस योजनामा पाँचदेखि ९ वर्ष अवधिसम्मको लागि २४ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि ४० रुपैयाँ कायम भएको छ । रिलायबल उच्च शिक्षा योजनामा पाँच देखि १४ वर्षको लागि ६० रुपैयाँ, १५ देखि १९ वर्षको लागि ६२ रुपैयाँ, २० वर्ष वा सो भन्दा माथि अवधिको लागि ६५ रुपैयाँ बोनश दर कायम भएको छ ।
सावाधिक तथा आजीवन बीमा योजनामा कम्पनीले ५ देखि ९ वर्षको लागि ३० रुपैयाँ, १० देखि १४ वर्षको ३५ रुपैयाँ, १५ देखि १९ वर्षको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ५० रुपैयाँ कायम गरेको छ । रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा १०,१२ र १४ वर्षसम्म अवधिको लागि ५० रुपैयाँ, १६,१८ र २० वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ बोनश दर कायम भएको छ । कम्पनीको रिलायबल समुन्नती जीवन बीमा योजनाको सबै बीमालेखमा २० रुपैयाँ बोनश दर निर्धारण गरेको छ ।