साविक प्राइम लाइफले घोषणा गर्यो नयाँ बोनसदर

काठमाडौं । साविक प्राइम लाइफले न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनश दर कायम गरेको छ । सावधिक जीवन बीमालेखमा ९ वर्षको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ५१ रुपैयाँ, २५ वर्षदेखि माथि अवधिको लागि ७२ रुपैयाँ बोनश दर कायम गरेको छ ।

सावाधिक तथा आजीवन बीमालेखमा ९ वर्षको लागि ३६ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ५० रुपैयाँ, २० देखि २४ वर्षको लागि ५७ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० देखि १४ वर्ष अवधिको लागि ६० रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि ६८ रुपैयाँ, २० देखि २४ वर्षको लागि ७५ रुपैयाँ र २५ वर्ष अवधिभन्दा माथिको लागि कम्पनीले ९० रुपैयाँ बोनश दर कायम गरेको छ ।

प्राइम जीवन उपहार(अग्रिम भुक्तानी) जीवन बीमा योजनामा कम्पनीले १६ वर्षे अवधिमा ५२ रुपैयाँ र प्राइम जीवन उपहार (सावाधिक) जीवन बीमा योजनामा कम्पनीले ४० रुपैयाँ बोनश दर कायम गरेको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्