
एलआइसी नेपालले घोषणा गर्यो नयाँ बोनसदर
काठमाडौं । एलआइसी नेपालले न्युनतम ४१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म घोषणा गरेको हो । सावाधिक ३३३, जीवन बीधा ३५२, जीवन साथी ३५७, जीवन श्री ३५३ योजनामा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ५२ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ,२५ देखि माथि अवधिको लागि प्रतिहजार ६१ रुपैयाँ बोनश दिने घोषणा गरेको छ ।
जीवन आन्नद (३४२) मा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ५२ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५७ रुपैयाँ, २५ देखि माथि अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनश दिने घोषणा गरेको छ ।
बाल सावाधिक(३४९) बीमा योजनामा १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ,२५ देखि २९ वर्ष अवधिको लागि प्रतिहजार ६३ रुपैयाँ र ३० देखि माथि अवधिको लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।
धन वृष्टि (३५८) योजनामा कम्पनीले १० र १५ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ र १५ वर्षेका लागि ५६ रुपैयाँ बोनस दिने भएको छ ।धन फिर्ता(३३४,३३५,३३६,३३७,३३९,३४३) बीमा योजनामा २० वर्ष अवधिको लागि प्रतिहजार ५७ रुपैयाँ, २५ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ र २५ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनश दर घोषणा गरेको छ ।
बाल ममता ३४०, बाल स्नेह ३४१ योजनामा कम्पनीले १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५५ रुपैयाँ,१६ देखि २० वर्ष अवधिको लागि प्रति हजार प्रतिहजार ५७ रुपैयाँ र २१ वर्षदेखि माथि अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनश दर घोषणा गरेको छ ।
आजीवन बीमा योजना ३४५, नयाँ जीवन तरंग ३६० योजनामा कम्पनीले १० वर्ष अवधिको लागि प्रतिहजार ५० रुपैयाँ, १५ वर्ष अवधिको लागि ५१ रुपैयाँ, २० वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनश दर दिने घोषणा गरेको छ ।
लघु सावाधिक (३५४) यस योजनामा कम्पनीले १५ वर्ष अवधिका लागि ४१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । जीवन बचत ३५९ योजना यस योजनामा कम्पनीले ५ देखि ९ वर्षका लागि ४१ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ५२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५६ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि ६१ रुपैयाँ बोनश सदने घोषणा गरेको छ ।