साविक सानिमा लाइफले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले कति पाउँछन् ?

काठमाडौं । अहिले साविक सानिमा लाइफ र साविक रिलायन्स लाइफ एक आपसमा मर्ज भएर सानिमा रिलायन्स लाइफ बनेका छन् । सवाधिक जीवन बीमा योजना(रेगुलर)मा ० देखि ९ वर्षको लागि, १० देखि १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर दिने छ ।

सवाधिक जीवन बीमा योजना(एकल)मा ० देखि ९ वर्ष र १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ६५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ । त्रिपल सवाधिक बीमा योजनामा १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ३० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

दम्पति सवाधिक बीमा योजनामा १५ देखि १९ वर्ष अवधिको लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ३० रुपैयाँ बोनसदरछ । सवाधिक तथा आजीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर छ ।

अग्रिम भुक्तानी बीमा योजना यस बीमा पोलिसीको १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४२ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ । वार्षिक अग्रिम भुक्तानी बीमा योजनाको १५ देखि १९ वर्षको लागि प्रति हजार १९ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार २१ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्