साविक प्रभु लाइफले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले कति पाउँछन् ?

काठमाडौं । साविक प्रभु लाइफले  प्रतिहजार न्युनतम रुपैयाँ २० रुपैयाँदेखि ७० रुपैयाँसम्म घोषणा गरेको हो । सावधिक (सम्बृद्ध) जीवन बीमालेखमा ९ वर्ष सम्मको लागि र१० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

सावधिक तथा आजीवन बीमालेख (अमुल्य)मा ९ वर्ष सम्मको लागि र १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको लागि ७० रुपैयाँ बोनसदर तोकेको छ । सावाधिक समृद्ध बीमा बीमालेख(एकल भुक्तानी)मा ९ वर्ष अवधिको र १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर तोकेको छ ।

अग्रिम भुक्तानी सावधिक(बैभव)मा १० देखि १४ वर्षको लागि ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५१ रुपैयाँ बोनसदर तोकेको छ । सावधिक९श्री बृद्धि० प्रत्येक वर्ष ५ प्रतिशत बीमाङक बृद्धि हुने योजनामा ९ वर्ष सम्म अवधिको लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर छ ।

सावधिक बालबालिका जीवन किरण योजनामा ९ वर्ष सम्म अवधिको र १० देखि १४ वर्ष अवधिको लागि ३३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७० रुपैयाँ छ । अग्रिम भुक्तानी बालबालिका सावधिक९जीवन उन्नती० मा ९ वर्ष सम्मको लागि र १० देखि १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ बोनसदर कायम गरेको छ ।

एकल अग्रिम भुक्तानी बालबालिका सावधिक जीवन उन्नती योजनामा ९ वर्ष सम्म अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५१ रुपैयाँ बोनसदर छ । वार्षिक अग्रिम भुक्तानी सावधिक ९समुन्नती० मा ९ वर्ष सम्म अवधिको लागि, १० देखि १४ वर्ष, १५ देखि १९ वर्ष अवधिको लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको २२ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि २४ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्