
साविक महालक्ष्मी लाइफले कायम गर्यो नयाँ बोनसदर, बीमितले कति पाउँछन् ?
काठमाडौं । कम्पनीले न्युनतम रुपैयाँ ३२ देखि ५२ रुपैयाँसम्म घोषणा गरेको हो । हाल प्रभु लाइफ र महालक्ष्मी लाइफ एक आपसमा मर्जर भई प्रभु महालक्ष्मीको नामबाट एकिकृत कारोबार गरेका छन् । महालक्ष्मी सावधिक जीवन बीमालेखमा कम्पनीले ५ देखि १५ वर्ष सम्म अवधिको लागि ४५ रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको लागि ४६ रुपैयाँ , २६ देखि ३० वर्ष अवधिको लागि ५२ रुपैयाँ बोनसदर कायम गरेको छ ।
महालक्ष्मी सरल जीवन बीमा योजनामा ५ देखि १५ वर्षसम्मको लागि ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको ५१ रुपैयाँ बोनसदर तोकेको छ । महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा ५ देखि १५ वर्ष अवधिको लागि ५० रुपैयाँ , १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ ।
महालक्ष्मी बालबचत जीवन बीमा योजनामा ५ देखि १५ वर्ष अवधिको लागि ३० रुपैयाँ १६ वर्षदेखि २१ वर्ष अवधिको लागि ३३ रुपैयाँ र २२ वर्षदेखि २५ वर्ष अवधिको लागि ३७ रुपैयाँ बोनदसदर कायम गरेको छ ।
महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनामा कम्पनीले सबै अवधिको लागि एउटै बोनसदर कायम गरेको छ । जसमा बीमितहरुले ३५ रुपैयाँ बोनस पाउनेछन् । त्यस्तै, महालक्ष्मी सावाधिक आजीवन बीमा योजनमा पनि कम्पनीले सबै बीमा अवधिको लागि एउटै बोनसदर ३२ रुपैयाँ कायम गरेको बताएको छ ।
त्यसैगरी कम्पनीले महालक्ष्मी धनधान्य बीमा योजनामा पनि एउटै बोनसदर कायम गरेको छ । यस बीमा योजनाका बीमितले ४० रुपैयाँ बोनस पाउनेछन् ।