बीवाइडीको डल्फीनले पायो सुरक्षा टेष्टमा ५ स्टार रेटिङ

काठमाडौं । चिनियाँ ब्राण्ड बीवाइडीको ग्लोवल मोडल डल्फीनलाई भदौ अन्तिममा आधिकारीक बिक्रेता साइमेक्स इंकले नेपालमा सार्वजनिक गरेको हो । नाडा अटो शो २०२३ मा ग्राहकको निकै राम्रो प्रतिक्रिया पाएको डल्फीन अहिले पनि धेरै ग्राहक बुकिङ गरेर गाडी कुरिरहेका छन् ।

मूल्यको कारण नेपालमा चर्चा कमाइरहेको डल्फीनले अष्ट्रेलियन एनक्यापले गरेको क्र्यास टेष्टमा पनि ५ स्टार रेटिङ पाउन सफल भएको छ ।

अष्ट्रेलियन एनक्यापले गरेको परिक्षणमा ५ स्टार रेटिङ पाएसँगै यसको चर्चा थप बढ्ने भएको छ । साथै, सबैभन्दा कम मूल्यको ५ स्टार रेटिङ प्राप्त गर्न सफल मोडल समेत बनेको हो ।

अष्ट्रेलियन एनक्यापको नयाँ मापदण्ड अनुसार परिक्षण गरिएको डल्फीनले एडल्ट प्यासेन्जर सुरक्षामा ८९ प्रतिशत अंक पाएको थियो । त्यस्तै चाइल्ड प्यासेन्जर सुरक्षामा ८६ प्रतिशत, ८५ प्रतिशत सडक यात्रु सुरक्षा र ७७ प्रतिशत सुरक्षा फिचरको लागि अंक प्राप्त गरेको हो ।

त्यहि परिक्षणमा बीवाइडी सिलले पनि ५ स्टार रेटिङ पाउन सफल भएको थियो । बीवाइडीको प्रिमियम सेडानले वयस्क प्यासेन्जरको सुरक्षामा ८९ प्रतिशत अंक पाएको हो ।

त्यस्तै फ्रन्टीयल अफसेट टेस्टमा ८ मा ५.९२ पोइन्ट, फुल स्वीथ फ्रन्टीयलको ८ मा ७.६३, साइड इम्प्याकमा ६ मा ६ र पोल टेस्टमा पनि ६ मा ६ नै स्कोर पाएको हो । सिलले ओभरअल रिजल्टमा ८७ प्रतिशत स्कोर पाएको हो ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्