+
Search

ताजा अपडेट +

पपुलर +

मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, २० करोड भारु माग

सजिलोपाना संवाददाता
२०८० कार्तिक ११, शनिबार

मुम्बई । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बई पुलिसका अनुसार एक अज्ञात व्यक्तिले इमेल मार्फत मुकेश अम्बानीलाई २० करोड भारतीय रुपैयाँ नतिरेको खण्डमा मार्ने बताएका हुन् ।

‘यदि तपाईंले हामीलाई २० करोड रुपैयाँ दिनु भएन भने हामी तपाईंलाई मार्नेछौँ, हामीसँग भारतमा उत्कृष्ट शूटरहरू छन्,’ इमेलमा भनिएको छ। यो धम्की २७ अक्टोबरमा शादाब खान नामका व्यक्तिले पठाएका थिए । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसले गादेवी पुलिस स्टेशनमा आईपीसीको धारा ३८७ र ५०६ (ई) अन्तर्गत मुद्दा दर्ता गरेको छ।

मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको यो पहिलो पटक भने होइन । गत वर्ष मुकेश अम्बानी र उनको परिवारलाई धम्की दिने बिहारका एक व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको थियो । उक्त व्यक्तिले मुकेश अम्बानीको घर र रिलायन्स फाउन्डेशन अस्पताल उडाउने धम्की दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता