बढ्यो सुनको मूल्य, कतिमा हुदै छ कारोबार ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रुपैयाँ रहेको छ ।

सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्