देशमा छैन भनेर परदेशीनेका के कुरा गर्नु !

सुजन बस्नेत :

पुग्छु भनेर हिँडेकाहरु कति पर पुगे होला
सक्दिन भनेर रोकिएकाहरु कहिले सम्म रोकिन्छन् ?

देशमा छैन भनेर परदेशीनेका के कुरा गर्नु…..

यि त पहिल्यै बाट लेख्दै मेटाउँदै, लेख्दै मेटाउँदै गरेका कुरा हुन्

नयाँ हुनलाई पनि त केहि नयाँ हुनुपर्ने होला…।

जानेलाई कस्ले रोक्न सक्छ र
रोकिनेलाई कस्ले लैजान सक्छ र

थाहै होला

बुझ्नेलाई बुझाउनु पर्दैन
नबुझे जस्तो गर्नेलाई बुझाउन सकिन्न

परदेशको सिरानीमा
देशलाई मनमा राखेर
निदाए जस्तो गर्नेलाई कसरी ब्युझाऊँनु
केही छैन
भेटिउॅंला अर्को चौतारिमा,
संघर्षको युद्ध मैदानमा,
थकाई मार्ने बहानामा…।

तिमीले पनि बिर्सीयौ हालखबर
देशले पनि सोधेन

सम्पर्क बिहीन हुन
दुवै तर्फका खबर बेखबर हुनुपर्छ ।

अँ साँच्ची !

तिमी सन्चै छौ ?

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्