Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

एक्यूफिट स्मार्टवाच खरिद गर्दा मोबाइल फोन पाईने

सजिलोपाना संवाददाता
२०८० कार्तिक १६, बिहीबार

काठमाडौं । टेक स्टुडियो प्रालिले नयाँ अफर ल्याएको छ । आगामी तिहारको लागि एक्यूफिट  स्मार्टवाचको हरेक खरिदमा निःशुल्क मोबाइल फोन पाउने विशेष योजना घोषणा गरिएको हो ।

यस योजनाले प्रत्येक चयनित मोडेल एक्यूफिट स्मार्टवाचको खरिदमा निःशुल्क मोबाइल फोन प्रदान गर्दछ । चयन गरिएका मोडलहरूमा एक्यूफिट डब्लु१६, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) र एक्यूफिट  डब्लु २० (कस्मिक प्लस) समावेश छन् ।

जसको प्रस्ताव मूल्य क्रमशः तीन हजार ९९९, चार हजार ९९९ र ६ हजार ९९९ रुपैयाँ तोकिएको छ । एक्यूफिट डब्लु १६ को खरिदसंग केजीटेल १०५ मोबाइल फोन निःशुल्क प्रस्ताव गरिएको छ । जहाँ एक्यूफिट डब्लु १८ (म्याक्स जीटी)को खरिदमा केजीटेल १०६ मोबाइल फोन निःशुल्क र केजीटेल २४३ मोबाइल फोन एक्यूफिट  डब्लु २०को खरिदमा निःशुल्क उपलब्ध गराइनेछ ।

केजीटीईएल १०५, १०६ र २४३ मोबाइलको बजार मूल्य क्रमशः एक हजार पाँच सय, एक हजार ८ सय र दुई हजार रुपैयाँ तोकिएको छ । यो प्रस्ताव नोभेम्बर १ तारिख २०१३ अर्थात कात्तिक १५ गतेदेखि नोभेम्बर १० तारिख अर्थात कात्तिक २४ गतेसम्म मात्र मान्य हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता