
हेराल्ड कलेज काठमाडौंको २०२३ को दीक्षान्त समारोह सम्पन्न
काठमाडौँ । हेराल्ड कलेज काठमाडौंले वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ ।
होटल याक एण्ड यतीमा सोमवार भएको समारोहमा ३३४ भन्दा बढी विद्यार्थीहरूलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसमध्ये २७२ जना बीएस्सी (अनर्स) कम्प्युटर साइन्स र ६२ जना विद्यार्थी बीएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट विषयका रहेका कलेजले जनाएको छ ।
हेराल्ड कलेज काठमाडौंको कम्प्युटर साइन्स कार्यक्रमबाट उच्च सम्मानका साथ स्नातक गरेकी एक उत्कृष्ट स्नातक अभिनव प्रसाई प्रतिष्ठित स्नातकोत्तर ‘इनोभेट नेपाल गु्रप छात्रवृत्ति’ प्रदान गरी समारोहलाई प्रकाश पारिएको थियो । यस छात्रवृत्तिले प्रसाईलाई आईएनजी कलेजहरू मध्ये एकमा थप उच्च शिक्षा लिने अवसर मिल्नेछ ।
मन्तव्यका क्रममा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले कलेजमा अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानमाहरूमा रोजगार पाइरहेको बताए । बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै उनले हेलाल्डका विद्यार्थीहरू सूचना प्रविधि क्षेत्रमा अग्रस्थानमा रहेको बताए ।
नेपालमा बेलायती शिक्षाले गर्दा विद्यार्थीमा स्वअध्ययन बढेको उनको भनाइ थियो ।
दीक्षान्त समारोह सबै विद्यार्थीका लागि माइलस्टोन साबित भएको छ । वार्षिक कार्यक्रमअनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ ।
२०२३ मा स्नातक उत्तीर्ण भएकाहरूलाई कलेजले बधाई ज्ञापन गर्दै उनीहरूको आगामी कार्यकालको लागि शुभकामना व्यक्त गरेको थियो ।