बेलैमा पढाएन समाजले प्रेमशास्त्र

निशान निष्कर्ष

बेलैमा पढाएन समाजले प्रेमशास्त्र
प्रेममा डर घोले र अनुशासनको मूर्गा बनाए ।
तिम्रो आगमनमा काँडा देखेँ,
तिम्रो बोलीमा बोली मिसिँदा
भयको भेल भेटेँ,
तिम्रो प्रेमपत्रमा
लाञ्छनाको लालमोहर लगाए घरकाले
र अघोषित नजरबन्दी भएँ त्रासको इजलासमा ।

बल्ल बुझ्दै छु प्रेमको अर्थ
र तिमीलाई खोज्दै छु मनको क्यानभासमा
तर
भेटिएका छैनन् तिम्रो कुनै पनि चित्र
मनका पानाहरू ।

हेर न,
आजकल पोल्दैनन् तिम्रा यादहरूले
मनमा काउकुती लगाएर भाग्छन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्