स्टार्ट नभएपछि सिमकोटमै थन्कियो जहाज

सुर्खेत  हुम्लाको सिमकोट विमानस्थलबाट सोमबार नेपालगन्ज उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको जहाजको एउटा इन्जिन स्टार्ट हुन नसकेपछि उतै थन्किएको छ । नाइन एन–एबीयू कलसाइनको निगमको जहाजमा प्राविधिक समस्या आएको हो । ईन्जिन नचलेपछि जहाज हुम्लामै थन्किएको छ । जहाजको २ वटै इन्जिनको ब्याट्री डाउन रहेको बताइएको छ ।

जहाज मर्मतका लागि समिट एयरको जहाजबाट ईन्जिनियर देवेन्द्र पुनको नेतृत्वमा ३ जना प्राविधिक टोली सिमकोट पुगेको  छ ।  इन्जिन नचलेपछि जाँच गर्दा ब्याट्री डाउन भएको प्राविधिकले बताएको नेपाल एयरलाइन्स सिमकोट शाखाका प्रमुख बलिराज हमालले जानकारी दिए ।

सोमबार बिहान ८बजे नेपालगञ्जबाट सिमकोट पुगेको जहाज नेपालगञ्जका लागि उड्ने तयारीमा रहेका बेला प्राविधिक समस्या आएकाले उडान रोकिएको नेपाल एयरलाइन्सले जनाएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्