विश्वकप फुटबल छनोट खेलमा आज युएईको सामना गर्दै नेपाल

काठमाडौँ । सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबल छनोट एसियन जोन राउन्ड २ तर्फको खेलमा नेपालले आज (कात्तिक ३० गते) युएईको सामना गर्ने भएको छ।

विश्वकप फुटबल छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले यूएईविरुद्ध ‘अवे म्याच’ खेल्दै विश्वकप छनोटको दोस्रो चरणको सुरुआत गर्न लागेको हो। नेपाल र युएईबीचको खेल युएईस्थित अल–माक्तुम स्टेडियममा राति ९ः३० मा सुरु हुनेछ।

नेपाल रहेको समूह ‘एच’ को खेलमा यूएईसहित बहराईन र यमन पनि समावेश छन्। नेपालले लाओसलाई पहिलो चरणमा हराउँदै दोस्रो चरणमा स्थान बनाएको हो। राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टिम युएईमा छ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्