
टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट पुग्यो
काठमाडौं । सरकारले सामाजिक सद्भाव खलबलिएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेपछि त्यसको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ ।
सर्वोच्च अदालत स्रोतका अनुसार सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा ५ वटा रिट पुगेको हो । हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय हुने बताईएको छ ।
सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुराएको भन्दै नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय कार्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको थियो ।