शालक्य डेन्टल क्लिनिक अब बालकोटमा पनि

भक्तपुर । भक्तपुरको सुर्यबिनायक नगरपालिका-२ बालकोट चोकमा शालक्य डेन्टल क्लिनिकको उद्घाटन भएको छ।

वरिष्ठ समाजसेवी रोहित बहादुर राना क्षेत्रीले उक्त क्लिनिकको उद्घाटन गरेका हुन्। अहिलेको परिवेशमा आफ्नै लगानीले यो डेन्टल क्लिनिकको सुरुवात गरिएको र आउने दिनहरुमा थप नयाँ उपकरण सहित बिरामीको सेवा र सुबिधा थप सशक्त बनाइने कुरा क्लिनिकका संचालक एवं डा. शबनम रानाभाटले बताएकि छिन्।

सुर्यबिनायक नगरपालिका-२ बालकोटलाई अझै एक उत्कृष्ट नमुना नगरपालिका बनाउन यस्ता अस्पताल र सहुलियत दरमा बिरामीको उपचार जरुरी रहेको स्थानीय बताउँछ्न्।

संचालक डा. शबनम रानाभाट भन्छिन्,”हाम्रो यात्रा भनेको सबैलाई समान उपचार र सकेसम्म कम दरमा सेवा र सुबिधा दिनु हो। शालक्य डेन्टलले आउने दिनहरुमा नयाँ उपकरण सहित सहज र सुलभ तरीकाको उपचार तर्फ अगाडी बढाइन्छ ।”

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्