रिलिज भएको पहिलो सातामै कमायो ‘टाइगर थ्री’ ले ३ सय १७ करोड

काठमाडौं । हिन्दी थ्रिलर फिल्म ‘टाइगर थ्री’ले रिलिज भएको एक हप्तामै ३ सय १७ करोड कमाउन सफल भएको छ ।

भारतीय चर्चित निर्देशक मनीष शर्मा र यशराज फिल्म अन्तर्गत आदित्य चोपडाद्वारा निर्मित उक्त फिल्म ३०० करोडको अनुमानित बजेटमा बनाइएको थियो ।

जसले गर्दा यो यशराज फिल्म्सको अहिलेसम्मकै महँगो प्रोजेक्ट बनेको थियो । टाइगर थ्री नोभेम्बर १२, २०२३ मा विश्वव्यापी रूपमा रिलिज भएको थियो ।

मानक, आइम्याक्स, फोडिएक्स र अन्य प्रिमियम ढाचाँहरुमा रिलिज भएको थियो । जसमा सलमान खान (टाइगर), कट्रिना कैफ (जोया) र इमरान हसमी (आतिस रहमान) को मुख्य भूमिका छ ।

दिवालीमा रिलिज भएका कारण यसको उत्कृष्ट ओपेनिङ कलेक्सन भए पनि विश्वकप सेमिफाइनलका कारण रिलिज भएको ३ दिन र ५ दिनमा गिरावट आएको थियो ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्