दक्षिण एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी भृकुटीमण्डपमा हुने

काठमाडौँ । काठमाडौँमा दक्षिण एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३ को आयोजना गरिँदै छ। प्रदर्शनी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको र यसको तयारी अन्तिम चरणमा रहेको आइतबार आयोजकले जानकारी गराएको हो।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा हुन लागेको प्रदर्शनीको उद्घाटन मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने महासंघका महासचिव शिवसागर शर्माले बताए।

सामाजिक रूपान्तरणका लागि चेतना, चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्रीको आवश्यकता पर्ने कुरालाई आत्मसात् गरी प्रदर्शनी आयोजना गर्न लागेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रदर्शनीमा अमेरिका, इजिप्टसँगै दक्षिण एशिया क्षेत्रका भारत, बांग्लादेश, चीनलगायत १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता जनाउने छन्।

महासचिव शर्माले प्रदर्शनीमा १८० भन्दा बढी स्टल राखिएको बताए। यी स्टलहरूमा देश तथा विदेशमा प्रकाशित पुस्तकका साथै शैक्षिक सामग्री प्रदर्शनमा राखिने उनको भनाइ छ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्